npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

सुनिल थापालाई मरणोपरान्त : अभियान रत्न र दीर्घ सम्मान

न्युज अफ नेपाल 11 hours ago

नेपाल फिल्म सोसाइटी, अभियान र ग्लोबल नेपाली फिल्म अवार्ड (एलएलसी) नेपाली र बलिउड फिल्म क्षेत्रका ख्यातिप्राप्त अभिनेता स्व. सुनिल थापालाई मरणोपरान्त अभियान रत्न सम्मानबाट सम्मानित गर्ने भएको छ।

हालै बसेको नेपाल फिल्म सोसाइटी, अभियान र ग्लोबल नेपाली फिल्म अवार्ड (एलएलसी) को संयुक्त बैठकले गत माघ २४ गते निधन भएका अभिनेता थापालाई मरणोपरान्त सम्मानित गर्ने निर्णय गरेको हो। यसैगरी ग्लोबल नेपाली फिल्म अवार्डको आगामी समारोहमा थापालाई मरणोपरान्त ग्लोबल दीर्घ साधना सम्मानबाट सम्मानित गरिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले आगामी वर्षहरूदेखि प्रत्येक ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नया“ सम्मानलाई सुनिल थापा स्मृति सम्मान नामकरण गर्ने निर्णयसमेत गरेको छ।

सोसाईटी र अभियानका अध्यक्ष कृष्ण मल्लले सुनिल थापाले नेपाली फिल्म क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उनको स्मृतिलाई सदा अमर राख्ने उद्देश्यले यी सम्मान स्थापना गरेको जानकारी गराए। अभिनेता थापाको १३औ“ दिनको पूण्यतिथीमा उनी अध्यक्ष रहेको एभरेष्ट फिल्म एकेडेमीले बिहीबार एकेडेमी परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

Read more news from News of Nepal

Explore by Source or Category