npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

न्युज अफ नेपाल 15 hours ago

काठमाडौं ।

आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई रोजगारीका लागि अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

विदेश पठाइदिने भन्दै लामो समयसम्म पीडितहरूलाई झुक्यानमा राखी विदेश नपठाई सम्पर्क बिहीन भएको उजुरी परेपछि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा विदेश पठाउने बहानामा ठगी गरेको पुष्टि भएपछि काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–११ बाट सुजन आले मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका २४ वर्षीय सुजन आले मगर धादिङका हुन्। उनी हाल ललितपुर महानगरपालिका–४ मा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार उनले अमेरिका पठाइदिने भन्दै पीडितहरूबाट २ लाख ५५ हजार रकम लिएको खुलेको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Read more news from News of Nepal

Explore by Source or Category