npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

कैलालीमा प्रनि पाण्डेय ‘उत्कृष्ट प्रहरी’

राजधानी समाचारदाता 8 hours ago

धनगढी । कैलालीका प्रहरी निरीक्षक (प्रनि) बलराम पाण्डेय ‘उत्कृष्ट प्रहरी’ भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रनि पाण्डेय ‘माघ महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका हुन् ।

प्रनि पाण्डेयलाई नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी उच्च व्यवसायिकता, अनुशासन र प्रतिबद्धताका साथ निर्वाह गरेको मूल्यांकनका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ ।

प्रनि पाण्डेयलाई शुक्रबार एक कार्यक्रमकाबीच कैलाली प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले प्रशंसा पत्र प्रदान गर्दै बधाई ज्ञापन गरे । पाण्डेयले सामाजिक अपराध न्यूनीकरण, शान्ति–सुरक्षा तथा अमनचयन कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याएकोले ‘माघ महिलाको उत्कृष्ट प्रहरी’ बाट सम्मान गरिएको हो ।

साथै, प्रनि पाण्डेयले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई भयमुक्त र व्यवस्थित वातावरणमा सम्पन्न गराउन राजनीतिक गतिविधिको निगरानी, सुरक्षा व्यवस्थापन तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरेको मूल्यांकनसमेत गरिएको छ।

अवैध लागूऔषध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै संगठनको नीति–निर्देशन पालना गरी समग्र नेपाल प्रहरीको छवि उच्च राख्न उल्लेखनीय योगदान पुर्‍याएको ठहरसहित उनलाई सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ ।

The post कैलालीमा प्रनि पाण्डेय ‘उत्कृष्ट प्रहरी’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category