npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य हुँदैन : महेश बस्नेत

Rajdhani Daily 1 day ago

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताएका छन् ।

सोमवार प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको विदेशमा बसेका नेपाली र अन्तर जिल्ला मतदानको ’boutमा छलफलमा एमालेबाट प्रतिनिधित्व गरेका बस्नेतले ठूला दलसँग एक्ला एक्लै संवाद गर्न कार्कीलाई आग्रह गरे ।

उनले अध्यादेशमा प्रतिनिधिसभाको मतपत्रमा दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट राखिने भन्ने कुरा आएको भन्दै त्यो स्वीकार्य नहुने बताए । बस्नेतले अघिल्लो निर्वाचनको समानुपातिक मतका आधारमा दलको चुनाव चिन्ह मतपत्रमा राखिने व्यवस्था खारेज गरेको हो भने सरकारले चुनाव गराउन नचाहेको ठहरिने बताए ।

The post सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य हुँदैन : महेश बस्नेत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category