npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

न्युज अफ नेपाल 8 hours ago

काठमाडौँ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षले राजीनामा सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार श्रेष्ठले शनिबार अर्थमन्त्रीसमक्ष राजीनामा बुझाउने जानकारी दिएका छन् । उनलाई सरकारले २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

Read more news from News of Nepal

Explore by Source or Category