npl.977 Nepal News Stream

Sutra News logo Sutra News

यी हुन् कांग्रेसको संसद पुनर्स्थापना रिटमा हस्ताक्षर नगर्ने सांसद, देउवा-गगन पनि (नामावली)

सुत्र न्युज 12 hours ago

 

काठमाडौं । गत मंसिर १९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएपछि त्यसको पर्सिपल्ट मंसिर २१ गते ८ जना सांसदको हस्ताक्षर कांग्रेस पनि सर्वोच्च पुग्यो। त्यही रिट निवेदनमा पक्ष कायम गरी पाऊँ भनेर पूरक निवेदन दिने तयारी कांग्रेसको छ।

रिटमा पक्ष कायम गर्न अहिलेसम्म कांग्रेसका ८८ जना निवर्तमान सांसदमध्ये ६६ जनाले हस्ताक्षर गरेको निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। तर उक्त रिटमा सभापति देउवासहितले हस्ताक्षर गरेका छैनन्।

घिमिरे र सचेतक सुशीला थिङसहितका सांसदहरूले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट दिएका थिए।

‘हस्ताक्षर सङ्कलन करिब अन्तिम चरणमा पुगेको छ। हामी निर्वाचनमा पनि भाग लिन्नौँ भनेका छैनौँ, तर संविधान जोगाउन अदालत जानुपर्ने भयो,’ घिमिरेले भने, ‘२०४८ सालदेखि अहिलेसम्म सात पटक संसद् विगठन भइसकेको छ। हरेक चोटि संसद् विगठन हुँदा कांग्रेस त्यसविरुद्ध अदालत गएको इतिहास छ।’

बुझिएअनुसार सभापति देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायतले हस्ताक्षर गरेका छैनन्।

यी हुन् अहिलेसम्म हस्ताक्षर नगरेका सांसद

१. शेरबहादुर देउवा

२. पुर्णबहादुर खड्का

३. धनराज गुरुङ

४. गगन थापा

५. विश्वप्रकाश शर्मा,

६. विमलेन्द्र निधि

७. अर्जुननरसिंह केसी

८. हृदयराम थानी

९. प्रदीप पौडेल

१०. संजय गौतम

११. उदयशमशेर राणा

१२. आरजु राणा

१३. प्रतिमा गौतम

१४. सिता मिजार

१५. कुशुम थापा

१६. सपना राजभण्डारी

१७. लिला बोखिम

१८. दिक्पाल शाही

१९. मुक्ताकुमारी यादव

Read more news from Sutra News

Explore by Source or Category