News of Nepal
सात महिनामा १४ अर्बको ईभी आयात, चीनबाट मात्रै ७१%
काठमाडौँ ।
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले करिब १४ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी साधन (ईभी) आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि माघसम्म १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ मूल्यका ५,८९४ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। यसबाट सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
देशगत विवरण अनुसार चीनबाट सबैभन्दा बढी ४,२०४ युनिट ईभी आयात भएका छन्, जसको मूल्य करिब ९ अर्ब ९० करोड रुपैयाँ छ। यो कुल आयातको ७१ प्रतिशतभन्दा बढी हो। चीनबाट मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
चीनपछि भारत दोस्रो स्थानमा रहेको छ। भारतबाट १,२६३ युनिट ईभी आयात हुँदा २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ। त्यस्तै थाइल्याण्डबाट ४०१ युनिट ईभी आयात भई १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
