npl.977 Nepal News Stream

Sutra News logo Sutra News

फागुन २१ मा निर्वाचन हुन्छ कि हुँदैन ? यस्तो छ अर्थमन्त्री खनालको जवाफ

सुत्र न्युज 14 hours ago

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १३ दिन बाँकी छ । तर, निर्वाचन हुने कि नहुने भन्ने संशय पनि देखिन्छ । राजनीतिक दलहरु चुनावी अभियानमा छन् । निर्वाचन आयोग आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेको छ । सोहीअनुसार व्यवस्था गर्न सरकार खटिरहेको देखिन्छ । र पनि निर्वाचन हुँदैन कि भन्ने संशय बाँकी नै देखिन्छ ।

याे संशयलाई चिर्दै अर्थमन्त्री खनालले अब चुनाव हुँदैन कि भन्ने संशय हटिसकेको बताए । निर्धारित मितिमै निर्वाचन हुने भन्दै उनले चुनाव हुँदैन कि भन्ने संशय हटेको बताएका हुन् ।

अनेकौँ चुनौतीहरुको सामना गर्दै निरन्तरको संवाद र दलहरुसँगको सहकार्यले फागुन २१ मै निर्वाचन हुने वातावरण बनेको अर्थमन्त्री खनालको भनाइ छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले फागुन २१ मा हुने निर्वाचन नरोकिने बताए ।

Read more news from Sutra News

Explore by Source or Category