Sutra News
शंकर पोखरेललाई लिएर देउवा भेट्न महाराजगञ्ज पुगे ओली (तस्बिरहरू)
सुत्र न्युज
|
23 hours ago
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच काठमाडौंको महाराजगञ्जमा भेट भएको छ। भेटमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए भने कांग्रेस तर्फ सभापति देउवासँग पत्नी आरजु राणा देउवा पनि उपस्थित थिइन्।
बुझिए अनुसार, यस भेटले राजनीतिक संवाद र सम्भावित गठबन्धनका संकेत दिन सक्ने देखिन्छ। यसअघि मंसिर १० गते अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवाको उपस्थितिमा भेट गरेका थिए।
राजनीतिक विश्लेषकहरूले यस भेटलाई आगामी निर्वाचन र संसद पुनर्स्थापनासँग जोडेर अर्थ निकाल्ने गरेका छन्।

