npl.977 Nepal News Stream

Sutra News logo Sutra News

यस्तो बन्यो ‘बिगुल’को ‘मरूभूमिमा पानी जस्तै…’

सुत्र न्युज 3 hours ago

 

काठमाडौं । सामाजिक-राजनीतिक बिषयको फिल्म ‘बिगुल’मा समावेश शीर्ष गीत मरुभूमिमा पानीजस्तै.. सोमबार ओएसआर डिजिटलबाट सार्वजजिक गरिएको छ ।

माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ । बेनीशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय एकै खाले बिषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ ले भने राजनीति, परिवार, समाज, सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ देखिन्छ ।

फर्स्टलुक र टिजरबाट दर्शकको ध्यान तान्न सफल फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा–सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।

शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।

सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको बितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छन् ।

Read more news from Sutra News

Explore by Source or Category