Clickmandu
कैलाश हेलीकप्टर सर्भिसेसले वार्षिक साधारणसभा बोलायो, आईपीओ निष्कासन प्रस्ताव पेस गरिने

काठमाडौं । कैलाश हेलीकप्टर सर्भिसेसले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
बैठकले कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।
यस्तै, कम्पनीको तेस्रो वार्षिक साधारणसभामा सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारण सेयर निष्काशन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०८१/०८२ को लागि चुक्ता पुँजीको २० प्रतिशत हुन आउने रकम ६ करोड ३० लाख मात्र नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पनि साधारणसभा पेस हुनेछ ।
कम्पनीको साधारणमा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको २०८२ असार मसान्त सम्मको वासलात र २०७१/०७२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र कम्पनी ऐन आर्थिक वर्ष २०८२/०८३ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव राखिएको छ ।