News of Nepal
देशभर मौसम प्रायः सफा, तराईमा हुस्सु–कुहिरोको प्रभाव
न्युज अफ नेपाल
|
10 hours ago
काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज देशभर मौसम मुख्यतया सफा रहने छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम सफा छ भने बाँकी प्रदेशमा आंशिक बदली देखिएको छ।
तराईका धेरै स्थानमा हुस्सु लागेको छ। आज राति पनि देशभर मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ। तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ।