npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

कृषि गरेर धनी हुन सकिने रास्वपाको बाचापत्र

क्लिकमान्डु 13 hours ago

काठमाडौं । कृषिप्रधान मुलुकको कृषि क्षेत्र ओरालो लागि रहेको र कृषि पेशाबाट सर्वसाधारण पलायन भइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नेपालमा कृषि गरेर धनी हुन सकिन्छ भन्ने नारा सार्वजनिक गरेको छ ।

रास्वपाले बिहिबार सार्वजनिक गरेको बाचापत्रले कृषि क्षेत्रलाई नीतिगत स्थायित्व, स्थिर बजार, पारदर्शी अनुदान, विश्वनीय बिमा प्रणाली, पर्याप्त सिंचाई तथा प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत नेपालमा कृषि गरेर धनी हुन सकिन्छ भनेर योजना सार्वजनिक गरेको छ ।

पार्टीले विश्वाससहित सम्मानजनक पेशाका रुप्मा पुनःस्थापना गर्दै समग्र अर्थतन्त्रको बलियो आधार तयार गरी कृषिलाई उत्पादन र व्यापार सन्तुलनको विषयमा मात्र सीमित नराखेी, खाद्य सुरक्षा र पौष्टिक सुरक्षाजस्ता राष्ट्रिय लक्ष्यहरुसँग जोडेर मुख्य प्राथमिक क्षेत्रका रुपमा अघि बढाउन आवश्यक पर्ने नीति, निजी क्षेत्रमैत्री लगानी नीति र आवश्यक पूर्वाधारको बिषयलाई उठान गरेको छ ।

कृषि क्षेत्रमा आयात प्रतिस्थापनालाई सहयोग हुने गरी व्यापार सम्झौता गर्ने उल्लेख गर्दै बाचापत्रले कृषि उपजको उत्पादन बृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्न आवश्यक ऐन कानुन, भन्सार तथा अन्य नीतिगत क्षेत्र सुधार गरी प्रशोधन र मूल्य अभिवृद्धि गर्ने उद्योगलाई कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहनका क्षेत्रमा काम गर्ने उल्लेख गरेको छ ।

पार्टीले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रको उत्पादकत्व बढाउन फिनटेक र एग्रीटेक लाई विस्तार गर्ने औल्याएको छ । बाँझो रहेको जग्गाको बिषयमा भने पार्टीले कृषि सम्भावनाको उच्चतम उपयोग सुनिश्चित गर्न भू उपयोग योजनाको पुनरावलोकन गर्ने र बाँझो कृषि जमिनको उपयोग, जग्गा चक्लाबन्दी तथा जग्गा एकीकरण प्रवद्र्धन गर्न आवश्यक नीतिगत व्यवस्था तथा प्रोत्साहनमूलक नीति ल्याउने बाचा गरेको छ ।

Read more news from Clickmandu

Explore by Source or Category