npl.977 Nepal News Stream

Sutra News logo Sutra News

एमालेलाई चुनावमा ल्याउनका लागि ओलीको स्थानहद फुकाउन लागेको हो सरकारले ?

सुत्र न्युज 4 hours ago

 

काठमाडौं । सरकारका प्रवक्ता जगदीश खरेलले फागुन २१ मा तोकिएको चुनावका लागि नेकपा एमाले पनि तयार भएको बताएका छन्।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको आजको अवलोकनपछि जानकारी दिँदै उनले भने, ‘नेकपा एमालेसँगको भेटघाट चुनावउन्मुख भएको छ। चुनावको लागि एमाले पनि तयार भएको छ र सरकारले पनि त्यस अनुसार वातावरण बनाउने तयारी अगाडि बढाएको छ। अब मुलुक चुनावमा होमियो र चुनावमा अगाडि बढ्यो।’

मन्त्री खरेलले निर्वाचनको लागि स्वतन्त्र, भयरहित र धाँधलीरहित वातावरण सुनिश्चित गर्ने दाबी गरे। उनले एमाले तर्फबाट चुनाव वातावरण बनाउन आग्रह आएको बताए।

त्यसैगरी, निर्वाचनमा नेताहरूको स्थानहद (सिट वितरण) सम्बन्धी विषयमा आयोग र सरकार दुवै लचक हुन सक्ने बताए।

‘जहाँसम्म स्थानहदका कुरा छन्, नेतृत्व वा विभिन्न नेताको सन्दर्भमा आयोगले काम गरिरहेको छ भने सरकार पनि आवश्यक सहयोग गर्दैछ। हामी भन्न चाहन्छौं, चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो। सुशासन हाम्रो प्राथमिकता हो र भ्रष्टाचार नियन्त्रण सरकारले म्याण्डेट लिएको छ। यी महत्त्वपूर्ण कुरालाई आत्मसाथ गर्दै जहाँ सरकारको अधिकार क्षेत्र छ, त्यहाँ सबै प्रकारको वातावरण बनाउन सरकार काम गर्छ,’ उनले थपे।

Read more news from Sutra News

Explore by Source or Category