npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

टोखाबाट बृद्धा हराइन्

देश सञ्चार 12 hours ago

काठमाडौँ- दार्चुलाकी बृद्धा बिखमा टमाटा वैशाख १ गतेदेखि काठमाडौँबाट हराइरहेको भन्दै प्रहरीमा उजुरी परेको छ।

महाराजगञ्ज प्रहरीका अनुसार दार्चुला, अपी हिमाल गाउँपालिका ५, लुम्थीकी स्थायी बासिन्दा टमाटा काठमाडौँको टोखाबाट वैशाख १ गतेदेखि हराएको भन्दै प्रहरीमा उजुरी परेको हो।

ती बृद्धका छोरा केशव टमाटाका अनुसार काठमाडौंको टोखाबाट बैशाख १ गते करिब ११ बजेदेखि उनी बेपत्ता भएकी हुन्।

कुुनै पनि किसिमको जानकारी भएमा परिवारले प्रहरी वा परिवारजनलाई ९७६१२८४८५३ नम्बरमा सम्पर्क गरिदिन पनि उनले सबैसँग आग्रह गरेका छन्।

प्रहरीले टमाटाको खोजबिन जारी रहेको जानकारी दिएको छ।

Read more news from देशसञ्चार

Explore by Source or Category