npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

अज्ञातसमूहद्वारा संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि आक्रमण

ओपेन्द्र बस्नेत 10 hours ago

दाङ । दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धनेश्वर नेपाललाई आज बिहान अपरिचित समूहले कुटपिट गरेको छ । ३ वटा मोटरसाइकलमा आएका ६ जनाको एक समूहले संस्कृत विश्व विद्यालयमै रहेको नेपालको आवासमा प्रवेश गरेर कालोमोसो दल्नुका साथै कुटपिट गरेको विश्व विद्यालय प्रशासनले जानकारी दिएको छ ।

नेपालमाथि आक्रमण हुुँदा छेक्न गएका विश्व विद्यालयका उपप्रशासक खिमबहादुर केसी र नेपालका स्वकीय सचिव चोलेन्द्र रिजाललाई पनि सोअपरिचित समूहले दुव्र्यवहार गरेको छ । घटना लगत्तै उनिहरुले नेकपा बहुमत जिन्दावादको नारा लगाएर विद्यालयबाट बाहिरिएका थिए । यता प्रहरीले घटना बिहान साढे ८ बजे पुष्टि गरेको छ ।

बिहानपख कुइरो लागेका कारण सीसी क्यामराको फुटेजमा क्लियर नदेखिएकाले उनिहरुको पहिचान हुन नसकेको र खोजीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीले बताए ।

बेलझुण्डी विश्वविद्यालय परिसरमै प्रहरी चौकी भएपनि उपकुलपतिको निबासमै पुगेर अपरिचित समूहले मोसो दलेका थिए । उपकुलपति प्राध्यापक डा. नेपालको घोराहीमा नाकको सीटी स्क्यान गरिएको छ ।

The post अज्ञातसमूहद्वारा संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि आक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category