News of Nepal
रास्वपाले टुंग्यायो संसदीय समितिका सभापति उम्मेदवार (सूचीसहित)
न्युज अफ नेपाल
|
11 hours ago
काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलले संसदीय समितिका सभापतिका उम्मेदवार टुंग्याएको छ ।
बिहीबार मध्याह्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूका लागि उम्मेदवार तय गरेको हो । पार्टीका एक सांसदका अनुसार प्रस्तावित नामहरू बैठकबाट अनुमोदनसमेत गरिएको छ ।
रास्वपाले उम्मेदवार छनोट गर्दा अनुभव भएका तथा विषयगत विज्ञता भएका सांसदलाई प्राथमिकता दिएको जनाएको छ । यस्तै, सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने निर्णय गरिएको छ ।
प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ भने निर्वाचन शुक्रबारका लागि तय गरिएको छ ।
