npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

निर्वाचन आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह

राजधानी समाचारदाता 11 hours ago

राजविराज । नेपाल पत्रकार महासंघका महासिचव एवं प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।

बिहीबार राजविराजमा प्रेस काउन्सिल नेपालद्वारा आयोजना गरिएको निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

“प्रेसको दुरुपयोग जति बढछ उती नै यस क्षेत्रले जनविश्वास गुमाउँदै जान्छ, उनले भने–यस कारण पनि जिम्मेवार पत्रकारिता गर्नु जरुरी छ ।”

मिडिया आफैमा एउटा सशक्त माध्यम भएको भन्दै उनले हाल नयाँ प्रविधिको भईरहेको दुरुपयोग प्रति चिन्ता व्यक्त गर्दै यसतर्फ पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष बैद्यनाथ झा र जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले सप्तरीमा आचारसंहिताको अवस्था’bout जानकारी गराएका थिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका आचारसंहिता अनुगमनकर्ता प्रकाश बस्यालले सातवटै प्रदेशमा यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिदै यसले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

प्रेस काउन्सिल नेपालले आयोजना गरेका कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ठ अतिथि मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे, प्रेस काउन्सिल नेपालका सदस्य शान्ताराम विडारी, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतकाले पत्रकार आचारसंहिताको पालनामा जोड दिनुभयो ।

कार्यक्रममा बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्द, नेपाल प्रहरीका प्रहरी उपरीक्षक गौतमकुमार केसी, उच्च अदालत जनकपुर राजविराज इजलास वार एसोशिएसनका अध्यक्ष हरेराम यादव सहितको उपस्थिति थियो ।

The post निर्वाचन आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category