Sutra News
जाँचबुझ आयोगले बयानमा बोलायो रमेश लेखकलाई
सुत्र न्युज
|
6 hours ago
काठमाडौं । भदौ २३ र २४ गते भएको विवादास्पद घटनाको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मंगलबार लेखकलाई शुक्रबारका लागि बयानका लागि आउन पत्र काटिएको छ।
कार्कीका अनुसार आयोगले उक्त घटनामा संलग्न अधिकांश व्यक्तिहरूको बयान संकलन गरिसकेको छ। अब अन्तिम चरणमा आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान पनि लिन तयार भइरहेको छ। ओलीलाई पनि पत्र काटेर बयानका लागि बोलाउने तयारी भइरहेको छ।