npl.977 Nepal News Stream

Sutra News logo Sutra News

सर्वपक्षीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीप्रति महेश बस्नेत आक्रोशित- नेतालाई स्थानहद लगाएर चुनाव हुँदैन

सुत्र न्युज 15 hours ago

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीको आह्वानमा अहिले सर्वपक्षीय बैठक बसिरहेको छ । आगामी निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बसिरहेको हो ।

जारी बैठकमा दलीय प्रतिनिधिले धारणा राखिरहेका छन् । सोही क्रममा नेकपा एमाले सचिव महेश बस्नेतले कार्की सरकारलाई आफूहरुले असंवैधानिक भनेको र संसद् पुनर्स्थापनाको माग राखेर न्यायिक निरुपणमा गएको बताए ।

शालिनशैलीमा सरकारको कार्यशैलीप्रति आक्रमक रुपमा प्रस्तुत भएका उनले सरकार र जेनजीबिचको सम्झौता कार्यान्वयनमा दलहरुलाई दोष दिएर उम्किने प्रयास नगर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरे । सरकार र जेनजीबिचको सम्झौताको सैद्धान्तिक रुपमा आफूहरुको विमति नरहेको भन्दै उनले व्यवहारिक रुपका कार्यान्वयन गर्न नसक्ने सम्झौता गरेर दलहरुलाई दोषारोपण गरेर उम्किने प्रयास नगर्न चेतावनी दिए ।

आफूहरु जलेको घर बनाएर निर्वाचनमा जानुपर्ने हो कि के हो ? भनेर गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गर्दै उनले भने, ‘लुटिएका हतियार र भागेका कैदी कहाँ छन् ? यसबारे के छ जानकारी ?’

निर्वाचन भयरहित हुनुपर्ने भए पनि सरकारले वातावरण बनाउन नसकेको भन्दै बस्नेतले तोकिएको मिति फागुन २१ मा निर्वाचन नभए संसद् पुनर्स्थापना हुने बताए ।
फागुन २१ मा निर्वाचन नभए संसद् पुनर्स्थापना हुने संकेत गर्दै उनले भने, ‘निर्वाचन भयरहित हुनुपर्‍यो, निष्पक्ष हुनुपर्‍यो, धाँधलीरहित हुनुपर्‍यो । दलका नेतामाथि पनि स्थानहद लगाइएको छ । मै हो ५/७ जिल्ला जाँदा ढुंगा खाएको नेता । हामीले ढुंगा खाएवापत खुसियाली मनाइएकै छ । त्यही भएर फागुन २१ निर्वाचन हुने कुरा हामी विश्वस्त छैनौँ ।’

सरकारले निर्वाचन गराउने गरी काम नै नगरेको भन्दै उनले यस्ता औपचारिक बैठकले मात्र निर्वाचनको वातावरण नबन्ने बताए । असंवैधानिक रुपमा सरकारले अध्यादेश ल्याइरहेको उनको आरोप छ । यद्यपि, उनले आफूहरु निर्वाचनको विपक्षमा नरहेको बताए ।

यसअघि बोलेका कांग्रेस सहमहान्त्री महेन्द्र यादवले पनि सरकारले चुनावको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

Read more news from Sutra News

Explore by Source or Category