npl.977 Nepal News Stream

Sutra News logo Sutra News

देउवाकै निर्देशनमा कांग्रेस सर्वोच्च गएको प्रचण्डको खुलासा, भन्छन् ‘शेरबहादुरजी ढाँट्नुहुन्न’

सुत्र न्युज 18 hours ago

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चाहनाअनुसार प्रतिनिधि सभा पुनर्स्थापनाको रिट सर्वोच्च अदालतमा पुगेको कुरा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन्।

प्रचण्डले नेपाल लिडको ‘प्रष्ट प्रश्न’ कार्यक्रममा पत्रकार राजेन्द्र बानियाँसँगको अन्तर्वार्तामा खुलासा गर्दै हालै सभापति देउवासँगको भेटमा उनले प्रतिनिधि सभा पुनर्स्थापनाबारे जिज्ञासा राख्दा देउवाले आफ्ना नेताहरूलाई रिट सर्वोच्च पठाएको जानकारी दिए।

प्रचण्डका अनुसार कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित आठ जना सांसदले स्वतस्फूर्त रूपमा प्रतिनिधि सभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च पुगेका थिए। अहिले ६६ भन्दा बढी निवर्तमान सांसदहरूले हस्ताक्षर गरिसकेका छन्।

प्रचण्डले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाबारे कांग्रेसले संस्थागत निर्णय गरेको छैन। शेरबहादुर देउवाजी ढाँट्नु हुन्न, मलाई यो कुरा खुसी लाग्छ। उहाँले मसँग भेट्दा जानुहोस् भनेको हो भन्नुभयो।’

प्रचण्डले एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लिएर पहिले सर्वोच्च गएको भए पनि, निर्वाचनमा भाग लिन कार्यकर्ता परिचालन गरिरहेको सुनाए।

उनले भने, ‘एमाले पुनर्स्थापनाको मुद्दा लिएर पहिले सर्वोच्च गएको हो, तर निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ। चुनाव भनेपछि एमालेले कहाँ छोड्छ ?’

Read more news from Sutra News

Explore by Source or Category