npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

बाइक वा स्कुटर साटेर टियागो इभी चढ्ने मौका, सिप्रदीको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प सुरु

देश सञ्चार 14 hours ago

काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ

‘स्विच टु टियागो इभी’ नाम दिइएको यस अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी खरिद गर्न सक्नेछन् यो विशेष क्याम्पेन सन् २०२६ अप्रिल १७ देखि २० सम्म देशभरका टाटा मोटर्सका शोरुमहरूमा सञ्चालन हुनेछ

यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्ने सुविधा प्राप्त गर्नेछन् यसका साथै, पुरानो दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एसेसरीज र एक वर्षको सवारी कर छुट जस्ता सुविधाहरू पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ

सिप्रदीले आफ्ना ग्राहकका लागि थप सुविधाहरूको पनि व्यवस्था गरेको छ, जसमा सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ इन्स्टलेसन समावेश छन्

यसबाहेक, सहभागी ग्राहकहरूमध्ये एकजना भाग्यशाली विजेताले लक्की ड्र मार्फत आइफोन-१७ प्रो म्याक्स जित्ने अवसर समेत पाउनेछन् सुरक्षित र आधुनिक प्रविधियुक्त विद्युतीय सवारीमा अपग्रेड हुन चाहनेहरूका लागि यो योजना निकै प्रभावकारी हुने विश्वास गरिएको छ

Read more news from देशसञ्चार

Explore by Source or Category