npl.977 Nepal News Stream

Sutra News logo Sutra News

धरौटीबाट छुटेको ४८ घण्टा नबित्दै बालुवाटार पुगे रवि, प्रधानमन्त्रीसँग के हुँदैछ कुराकानी ?

सुत्र न्युज 16 hours ago

 

काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएको दुई दिनमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्की भेट्न बालुवाटार पुगेका छन्। आइतबार साँझ भएको यो आकस्मिक भेट गरे।

लामिछानेसँगै उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य शिशिर खनाल र सोभिता गौतम पनि बालुवाटार पुगेका थिए। भेटवार्ता चलिरहेकै बेला प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले छलफल जारी रहेको बताए।

शुक्रबार पुस ४ गते सहकारी बचत अपचलन प्रकरणमा अदालतबाट धरौटीमा छुटेपछि लामिछानेको यो पहिलो प्रधानमन्त्री भेट हो।

Read more news from Sutra News

Explore by Source or Category