npl.977 Nepal News Stream

Sutra News logo Sutra News

कसले सुधार्‍यो बालेन–रवि सम्बन्ध ?

सुत्र न्युज 6 hours ago

काठमाडौं । २०८० वैशाख १९ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा लेखे– नयाँ, पुरानो सबै नेताहरु चोर हुन् । कसैलाई देशको माया छैन ।’

नयाँ नेता भनेर उनले रास्वपाका नेताहरुलाई इंगित गरेका थिए । काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउनदेखि काठमाडौंको फोहोर व्यवस्थापनमा दलको असहमति रहेको बुझाइसहित बालेनले २०८० वैशाख १९ गते राति ९ः४१ बजे सामाजिक सञ्जाल फेसबुकमा ‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन’ भनेर लेखेका थिए ।

सुकुम्बासी बस्ती हटाउने प्रसायमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको असयोगका कारण आफ्ना प्रहरी आक्रमणमा परेको र घाइते भएको मेयर बालेनको बुझाइ थियो ।

केही महिनाअघि पनि बालेनले रास्वपासहित दलहरुफ्रति आक्रोश व्यत्त गर्दै ‘अश्लील’ स्टाटस लेखेको भन्दै आलोचना भएको थियो । तर, कडा आलोचना भएपछि उनले स्टाटस ‘हटाएका’ थिए ।

यस्तै गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारमा रहेका रवि घर फर्किए । आफूलाई आन्दोलनर पक्ष (जेनजीसहित)ले बेवास्ता गरेको रविको बुझाइ थियो । उनले सामाजिक सञ्जालमा यसप्रति इंगित गरेका थिए ।

जेनजी आन्दोलनको तीन महिना पुगेर चौथो महिना लागेको छ । सरकार फागुन २१ मा निर्वाचन गराउन सरकार लागि परेको छ । यही बेला आफूमाथि अभियोग लगाइँदा दाबी गरिएको बिगोबमोजिम रकम बुझाएर रवि गत शुक्रबार थुनामुत्त भएका छन् ।

एकअर्काको ‘अस्तित्व अस्वीकार’ तहमा रहेका देखिएका बालेन र रवि आइतबार र सोमबार देशको राजनीति र समसामयिक विषयमा छलफलमा बसे । सोमबार बालेन–रवि छलफलमा बस्नुअघि रास्वपा नेता शिशिर खनालले ‘आगामी निर्वाचनमा रास्वपाको प्रधानमन्त्री उम्मेदवार बालेन हुने’ अभिव्यक्ति दिए । उनको यो अभिव्यक्ति सार्वजनिक भइरहँदा बालेन र रवि सोमबार मध्यरातिसम्म छलफलमा बसे ।

बालेन र रवि एकाएक ‘शत्रुवत’बाट ‘मित्रवत’ अवस्था पुगेसँगै देशको राजनीतिमा तरंग पैदा गराएको छ । आइतबार घण्टीघरमा उपस्थित नेता तथा कार्यकर्तालाई रविले नयाँ राजनीतिक शक्तिबिच सहकार्य हुने बताएका थिए । यसको भोलिपल्ट सोमबार बालेन र रविबिच दुई चरणमा वार्ता भएको छ ।

Read more news from Sutra News

Explore by Source or Category