Sutra News
रास्वपाद्वारा भैरहवा कार्यक्रम स्थगित
सुत्र न्युज
|
21 hours ago
काठमाडौं । रास्वपाले रुपन्देहीको भैरहवामा शनिबार गर्ने भनिएको कार्यक्रम स्थगित गरेको छ । रास्वपाले शनिबार भैरहवामा ‘परिवर्तन उद्घोष कार्यक्रम’ गर्ने भनेको थियो ।
तर, शुक्रबार पार्टी उपसभापति तथा संघीय निर्वाचन सम्पादन समिति संयोजक डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गरेर शनिबार (फागुन ९) गर्ने भनिएको भैरहवाको कार्यक्रम विशेष कारणवस स्थगित गरिएको जानकारी दिएका हुन् ।
