npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

आइपिएल: डिककको शतक छाँयामा पार्दै मुम्बईमाथि पञ्जाबको प्रभावशाली जित

देश सञ्चार 4 hours ago

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहिबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै प्रतियोगितामा आफ्नो रवाफ कायम राखेको हो।

वांखडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रनको उच्च स्कोर बनाएको थियो। उसका लागि ओपनर क्विन्टन डिककले ६० बलमा ८ चौका र ७ छक्काको सहयोगमा १ सय १२ रनको शानदार शतकीय इनिङ खेलेका थिए।

त्यस्तै नमन धिरले ५० रनको अर्धतकीय इनिङ खेलेपनि टिमलाइ जित दिलाउन पर्याप्त बनेन्। १ सय ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले उक्त लक्ष्य २१ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्यो।

पञ्जाबको जितमा प्रभसिम्रन सिंहले ३९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ८० रनको अविजित इनिङ खेल्दा कप्तान श्रेयस अय्यरले ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकीय इनिङ खेले।

जारी प्रतियवगितामा पञ्जाब ५ खेलबाट ४ जित र एक नतिजा विहिन खेलबाट ९ अंक बनाएर अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ।

त्यस्तै बेंगलोरु र राजस्थान समान खेलबाट ८ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

Read more news from देशसञ्चार

Explore by Source or Category