राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
खोटाङमा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा एक जनाको मृत्यु
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर नौ निर्मलीडाँडास्थित सिगानेका ५८ वर्षीय पदम रोकाको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँका ५० वर्षीय दिलकुमार भुजेलले आइतबार बिहान करिब ११ बजेको समयमा रोकाको घरमा गएर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेर रोकाको घरमा गएका भुजेलले अन्दाधुन्द कुटपिट गर्दै बरन्डाको भ¥याङमुनि खसाल्दा मुन्टो भाँचिएको अवस्थामा मृतक फेला परेको वडाध्यक्ष दिनेश कठेतले जानकारी दिएका छन् । कुटपिटको घटनामा संलग्नलाई छुट्याउने क्रममा मृतक रोकाका बुहारीहरु एलिसा र पुष्पा रोकासमेत घाइते भएको जनाइएको छ ।
निर्मलीडाँडामा भएको घटनाको जानकारी पाएलगत्तै परिचालन गरिएको प्रहरी टोलीले कुटपिटमा संलग्न भुजेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिएका छन् । स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको भुजेललाई कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जनाइएको छ ।
The post खोटाङमा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....