npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न आदेश

न्युज अफ नेपाल 3 hours ago

काठमाडौं ।

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएका पूर्व ऊर्जामन्त्री नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उहाँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

चैत १५ गते पक्राउ परेका खड्कालाई थुनामुक्त गर्न उहाँकी श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । सोही रिटमा सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो । आदेशअनुसार उहाँले विदेश जानुअघि भने अनुमति लिनुपर्नेछ ।

भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको क्रममा उहाँको घरमा नेपाली र विदेशी नोट जलेका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । सोही विषयमा अनुसन्धान गर्न पूर्वमन्त्री दिपक खड्कालाई पक्राउ गरिएको हो ।

Read more news from News of Nepal

Explore by Source or Category