npl.977 Nepal News Stream

Herne Katha logo Herne Katha

EP157- Pahadma Sun Falauneharu

हेर्ने कथा 1 month ago

धनकुटाको सुन्तलाले सुनको भाउ पाउन थालेको त उहिल्यैदेखि हो । आजकल यो सुन्तले शहरले नयाँ पहिचान बनाउन थालेको छ – एभोकाडोको राजधानी । 

धनकुटा बसपार्क छेउछाउका कोसेली बेच्ने पसलहरुमा सिजनमा एभोकाडोका थुप्रो देखिन्छन् । यी एभोकाडो बजार छेउछाउका गाउँबस्तिमा फलेका हुन् । 

धनकुटा बजार छाडेर हिलेतर्फ उकालो लाग्दै गर्दा स्याउले भन्ने ठाउँ देखिन्छ । बाटो छेउछाउका रसिला पाखाहरु, झट्ट हेर्दा बोटविरुवाका झाडी मात्र । यी हरियाली बुट्यानहरु छिचोलेर अलिकति तलमाथि जाने हो भने पहाडमा सुन फलाइरहेकाहरु भेटिन्छन् । 

पहाडमा सुन फलाउनेहरु

नगेन्द्र घिमिरे पहाडी पाखाका आम दुःख बोकेर यही ठाउँमा हुर्किए । एस एल सी सकेर जेटिए पढे । अनि विदेश हानिए । विदेशबाट फर्केर १० वर्षसम्म काठमाडौंमा जागिर खाए । एक दिन उनलाई गाउँ फर्किन मन लाग्यो । अनि सुरु भयो बाउ बाजेले दुःखका व्यथा लेखेका पाखाबारीमा सुन फलाउने कथा । 

नगेन्द्र यस भेगमा व्यवसायिक एभोकाडो खेती गर्ने सुरुसुरुका किसानमध्येका हुन् । एभोकाडो र सुन्तला मात्र होइन विरुवा बेचेर पनि नगेन्द्रले लाख लाख कमाउँछन् । 

नगेन्द्रको घरभन्दा तलपटि निरु थापा बस्नेतको घर छ । श्रीमान् कोरियामा हुँदा निरुले अलि अलि गर्दै पाखाबारीमा एभोकाडो फलाउन थालिन् । तरकारी, सुन्तला, र नर्सरीले निरुको परिवारलाई गाउँमै सुख दिएको छ । 

माथि कोशी राजमार्ग छेवैमा राधा राईको बगैंचा छ । राधाले निरु जस्ता धेरै जनालाई माटोमा सुन फलाउन सिकाइसकेकी छिन् ।

The post EP157- Pahadma Sun Falauneharu appeared first on Herne Katha.

Read more news from Herne Katha

Explore by Source or Category