npl.977 Nepal News Stream

Sutra News logo Sutra News

बुद्ध एयरको जहाजलाई ठूलो दुर्घटना हुनबाट बचाए यात्रुले

सुत्र न्युज 2 hours ago

काठमाडौं । बुद्ध एयरको जहाजलाई दुर्घटना हुनबाट यात्रुले बचाएका छन् । सिमराबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको जहाजबाट तेल चुहिएको सूचना यात्रुले दिएपछि सम्भावित दुर्घटना टरेको हो ।

सिमराबाट काठमाडौं उडान भर्न लागेको ९एन–एआईटी जहाजको देब्रेतिरको पंखाको छेउबाट एयर फ्युल चुहिएको सूचना यात्रुलाई दिएपछि उडान रद्द भएको छ ।

जहाजमा चढेका यात्रुलाई ओरालिएको र चढ्न लागेका पनि फर्काइएको छ । यात्रुलाई अर्को जहाजमा काठमाडौं पठाउने तयारी भइरहेको छ ।

Read more news from Sutra News

Explore by Source or Category