Sutra News
सुपरहिट फिल्म ‘खुस्मा’ अब युट्युबमा (लिंकसहित)
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । गत वर्ष बक्सअफिसमा सुपरहिट बनेको फिल्म ‘खुस्मा’ मंगलबारबाट युट्युबमा सार्वजनिक गरिएको छ। धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत फिल्मलाई केन्द्र मोशन पिक्चर्सले डिजिटल प्लेटफर्ममा स्ट्रिमिङको लागि ल्याएको हो।
अशोक थापा मगरले निर्देशन गरेको ‘खुस्मा’ सशस्त्र द्वन्द्धको कालखण्डमा आधारित प्रेमकथा हो, जसले हलमा प्रदर्शनको क्रममा दर्शकको ठूलो मन जितेको थियो।
फिल्ममा धीरज र उपासना बाहेक माओत्से गुरूङ, राज थापा काउछा, विजय संयोक सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरूण मगर, राजु रेग्मी मगर र संगीता थापा लगायत कलाकारहरूले अभिनय गरेका छन्।