Clickmandu
रास्वपाले टुंग्ययो संसदीय समितिका सभापति, अर्थमा बुढाथोकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले समितिको सभापतिको उम्मेदवार टुंग्याएको हो । सार्वजनिक लेखा समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई राखिएको छ ।
कुन समितिमा को?
कानून, न्याय तथा मानवअधिकार समिति – समीक्षा बास्कोटा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति – अशोक चौधरी
पूर्वाधार विकास समिति – आशीष गजुरेल
महिला तथा सामाजिक मामिला समिति – आकृति अवस्थी
राज्य व्यवस्था तथा सुशासन समिति – हरि ढकाल
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – डा. ओजस्वी शेरचन
संसदीय सुनुवाइ समिति – बोधनारायण श्रेष्ठ (संयुक्त)
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति – गणेश कार्की (संयुक्त)
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति – सुम्निमा उदास
अर्थ समिति – कृष्णहरी बुढाथोकी
उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति – रहवर अन्सारी