npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

निर्वाचन स्वच्छताका लागि आचारसंहिता पालना गर्न आग्रह

न्युज अफ नेपाल 9 hours ago

विराटनगर ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै पक्षले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा प्रेस काउन्सिल नेपाल र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय को सहयोगमा आयोजित दुईदिने ‘पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण’ तालिमको उद्घाटन सत्रमा वक्ताहरूले निर्वाचनको स्वच्छतामा पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए।

कार्यक्रममा मन्त्री इन्द्रमणि पराजुली ले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन लोकतन्त्र र संविधानको रक्षाका दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैलाई जिम्मेवार र सचेत हुन आग्रह गरे। उनले समाजमा भ्रम फैलाउने गतिविधिविरुद्ध पत्रकारिताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

महासङ्घका अध्यक्ष भरत खड्का ले प्रशिक्षणमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता तथा सञ्चारकर्मीले पालना गर्नुपर्ने नैतिक आचरणबारे छलफल हुने जानकारी दिए। वक्ताहरूले नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सञ्चारमाध्यमले सुसूचित र जिम्मेवार भूमिका खेल्नुपर्ने बताएका छन्।

Read more news from News of Nepal

Explore by Source or Category