npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

पोखरामा कलाकार कल्याणकारी कोष स्थापनार्थ साँगितीक साँझ

न्युज अफ नेपाल 9 hours ago

कास्की, (नेस)। ताङतिङको मेलैमा, रिमै थुमै प्रें तना रोधनी जनजिब्रोमा झुण्डिएको गीत हो यो। एफएम रेडियो र देउसी भैलोमा यस्ता गीत निकै चर्चित छन्। अब पोखरेली दर्शकले यस्ता कालजयी गीत प्रत्यक्ष सुन्ने र नाच्ने अवसर पाउने भएका छन्। गुरुङ गीत त्यति धेरै व्यावसायिक छैनन्।

गुगलमा भ्युज छ। तर भुगोलमा भ्युज छैन। त्यसैले पनि अब गुरुङ गीतलाई भुगोलमा ल्याउने आँट तमु कलाकार संघले गर्न लागेको छ। त्यो पनि सांगितीक साझमार्फत। गुरुङ गीतको मजा दिन आज शुक्रवार पोखरा रंगशालामा धनबहादुर गुरुङ सा“गितीक साँझ हुन लागको हो। गुरुङका मौलिक गीतलाई भुगोलमा ल्याउँदै व्यवसायिकरण गर्ने र तमु कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्येश्यले यो कार्यक्रम आयोजना गरिन लागेको हो।

सँ“गितीक साँझमा सिक्किमबाट आएको कलाकारसहितको टोलीे पनि आप्mनो प्रस्तुति दिनेछ। सिक्किमका पूर्व मन्त्री एवं विधेयक गर्जमान गुरुङसहित कलाकार सहभागी हुने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी गराए। कार्यक्रममा पोखराको हिमाली स“ास्कृतिक परिवार, तरेली सँ“स्कृतिक परिवार, तमु प्ले ल्हु संघ केन्द्रीय युवा समिति, अनुशिल कला पाठशाला, नाल्मा गाउ“ लमजुङलगायतका संघसंस्थाले नृत्य प्रस्तुत गर्ने छन्।

कल्याणकारी कोष स्थापनार्थ हुने साँगितीक साँझमा आयोजक तमु कलाकार संघ नेपाल गण्डकी प्रदेशले बीस लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ। कल्याणकारी कोषसँगै तमु कलाकार अक्षयकोष समेत स्थापना गरने संघले जनाएको छ। सोही अवसरमा स्रष्टा धनबहादुर गुरुङलाई १ लाख ५१ हजार रुपिया“सहित सम्मान गरिने संघका अध्यक्ष विक्रम गुरुङले बताए।
संघले ३३ लाख रुपैयाँ आर्थिक सहयोग जुटाईसकेको छ।

टिकट विक्रीसहितको आय ५० लाख भन्दा बढी हुने अपेक्षा गरिएको छ। सांगितीक साँझमा विष्णु गुरुङ, उमा गुरुङ, माया गुरुङ, कुशुम गुरुङ, उषा गुरुङ, प्रिया गुरुङ, पवित्रा गुरुङ, संगीता गुरुङ,निशा गुरुङ, ईन्द्र गुरुङ, सविना गुरुङ, ममता गुरु गुरुङ, रोशन गुरुङ, डविन गुरुङ, राजबहादुर गुरुङ, सरुन गुरुङ, मिलन गुरुङलगायतका कलाकारको प्रस्तुती रहने छ। कार्यक्रममा नेपाली तथा गुरुङ भाषाका गीत प्रस्तुत गरिनेछ।

Read more news from News of Nepal

Explore by Source or Category