News of Nepal
सरकारी विज्ञापन रोक्ने निर्णयप्रति कांग्रेसको आपत्ति
न्युज अफ नेपाल
|
3 hours ago
काठमाडौं ।
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त कदमले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने निष्कर्ष निकालेको हो।
बैठकपछि प्रवक्ता देबराज चालिसेले जारी गरेको वक्तव्यमा सरकारलाई निर्णय सच्याउन आग्रह गर्दै विज्ञापन वितरण प्रणाली पारदर्शी, न्यायोचित र स्पष्ट मापदण्डमा आधारित हुनुपर्ने उल्लेख गरिएको छ। कांग्रेसले चयनात्मक व्यवहार लोकतान्त्रिक मूल्यविपरीत हुने पनि जनाएको छ।
यस निर्णयविरुद्ध पत्रकार संगठन तथा निजी सञ्चार माध्यमहरूले समेत विरोध जनाउँदै आएका छन्।