News of Nepal
सेमीफाइनल समीकरण पूरा
न्युज अफ नेपाल
|
15 hours ago
काठमाडौं ।
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) को ब्वाइजमा बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ ।
समूह ‘ए’ बाट भारत विजेता तथा श्रीलंका उपविजेताका बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ‘बी’ बाट पाकिस्तान र नेपाल क्रमशः पहिलो र दोश्रो हुँदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा भारतको भेट नेपालसँग हुनेछ भने श्रीलंकाले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
सेमिफाइनल जित्ने टोली सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका छनोट हुने छन् । ब्वाइजमा बंगलादेशबाहेक ६ राष्ट्र सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।