npl.977 Nepal News Stream

Sutra News logo Sutra News

अवकाश हुन एक साता बाँकी छँदा नेपाल प्रहरीका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

सुत्र न्युज 6 hours ago

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर प्रहरी सेवामा प्रवेश गरेको अभियोगमा उनीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

हाल नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी गिरी सेवा अवधिका कारण यही पुस १५ गते अनिवार्य अवकाशमा जान लागेका बेला भ्रष्टाचारको मुद्दा परेको हो । उनी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

तर, आयोगले गिरीको एसएलसीको प्रमाणपत्र नक्कली भएको दाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रहरीमा भर्ना हुँदा उनले पेस गरेको सन् १९८८ मा बिहार स्कुल एक्जामिनेश बोर्ड पट्ना भारतबाट लिएको एसएलसीको प्रमाणपत्र नक्कली भएको आयोगको दाबी छ ।

Read more news from Sutra News

Explore by Source or Category