npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

प्रभु बैंकका सीईओ शेरचनसहितलाई ५ दिन म्याद थप, चाँडो अनुसन्धान सक्न आदेश

क्लिकमान्डु 18 hours ago

काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित पाँच जनामाथि थप पाँच दिन अनुसन्धानका लागि अनुमति दिइएको छ ।

उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ र सुजिन शाक्य गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्य माथि थप ५ दिन अनुसन्धान गर्न म्याद पाएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । न्यायाधीश चन्द्रबहादुर सारु र न्यायाधीश गिता प्रसाद तिम्सिनाको इजलासले म्याद थपको आदेश जारी गरेको हो ।

साथै इजलासले अनुसन्धान कार्य शीघ्र सम्पन्न गराउन विशेष सरकारी वकिल कार्यालयलाई आदेशको जानकारी गराउन निर्देशनात्मक आदेशसमेत जारी गरेको छ ।

मंसिर १४ गते आइतबार शेरचनसहितका आरोपी पक्राउ परेका थिए ।

Read more news from Clickmandu

Explore by Source or Category