npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

५ महिनामा नेपाल आयो करिब १५ अर्बको विदेशी तरकारी, डेढ खर्बको कृषिजन्य वस्तु आयात

क्लिकमान्डु 15 hours ago

काठमाडौं । नेपालमा पछिल्लो पाँच महिनाको अवधिमा डेढ खर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा १ खर्ब ५७ अर्ब ३ करोड २१ लाख रुपैयाँबराबरको विभिन्न प्रकारको कृषिजन्य वस्तु नेपालमा आयात भएको हो ।

सार्बजनिक तथ्याँकअनुसार यो अवधिमा सबैभन्दा बढी ६३ अर्ब १४ करोड ५८ लाख रुपैयाँबराबरको जनावर र वनस्पतिजन्य बोसो तथा तेल आयात भएको छ । यसैगरी दोस्रोमा २२ अर्ब ७२ करोड ३० लाख रुपैयाँबराबरको खाद्यान्न(धान, चामल, मकै, कोदो र गहुँ) आयात भएको छ ।

तेस्रोमा १४ अर्ब ८९ करोड २० लाख रुपैयाँबराबरको तरकारी, ११ अर्ब ८९ करोड ३८ लाख रुपैयाँको फलफूल, १० अर्ब ७९ करोड ६० लाख रुपैयाँबराबरको ४७ करोड ५६ लाख रुपैयाँबराबरको माछा, ३९ करोड ९७ लाखको डेरी उत्पादन, ४ अर्ब ३ करोड ५६ लाख रुपैयाँबराबरको कफी तथा चिया र ८ अर्ब ३९ करोड ५६ लाख रुपैयाँबराबरको तेलहन बीउ आयात भएको छ।

पाँच महिनाको अवधिमा नेपालबाट ७४ अर्ब ३९ करोड ८४ लाख रुपैयाँबराबरको विभिन्न प्रकारका कृषिजन्य वस्तु निर्यात भएका छन् । यसमा ५४ अर्ब ४५ करोड ४८ लाख रुपैयाँबराबरको जनावर तथा वनस्पतिजन्य बोसो र तेल निर्यात भएको छ । यस्तै ८ अर्ब १६ करोड १० लाख रुपैयाँबराबरको कफी र चिया निर्यात भएको छ ।

Read more news from Clickmandu

Explore by Source or Category