npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

एनआईसी एशिया बैंकको लिलाम सम्पत्ति जानकारी अनलाइन पोर्टलमा

न्युज अफ नेपाल 12 hours ago

काठमाडौँ
एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

यस पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचानसम्बन्धी विवरण सहज रूपमा हेर्न सकिन्छ । ग्राहकले प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी सो पोर्टलमा प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसका साथै, इच्छुक व्यक्तिले आफूले खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी लिनका लागि पोर्टलमै उपलब्ध मेसेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्नेछन् । बैंकले उक्त पोर्टलमा नियमित रूपमा लिलामसम्बन्धी नयाँ सूचना तथा सम्पत्तिको विवरण अद्यावधिक गर्ने जनाएको छ, जसबाट ग्राहकले सहज रूपमा आवश्यक जानकारी प्राप्त गरी लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

Read more news from News of Nepal

Explore by Source or Category