npl.977 Nepal News Stream

Sutra News logo Sutra News

अनियन्त्रित हुँदा यात्रुवाहक बस दुर्घटना

सुत्र न्युज 18 hours ago

रौतहट । रौतहटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गौर–चन्द्रपुर सडकखण्डको गौर नगरपालिका–४ मा भएको करिब ४० जना यात्रु सवार बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

घाइतेहरुको वीरगञ्ज, आँखा अस्पताल पुरेनवा, प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको भइरहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनाका समयमा बसमा करिब ४० जना यात्रु सवार थिए । घाइते हुनेहरूमा रौतहट, बारा, मकवानपुर र छिमेकी मुलुक भारतका नागरिक रहेका छन् ।

दुर्घटनामा रौतहट गढीमाई–१ का ३२ वर्षीय रंजय यादव, बारा कलैयाका ३० वर्षीय नुर महम्मद, गरुडा–४ का २६ वर्षीय निरज कुमार गुप्ता र यमुनामाई–३ का ४२ वर्षीय विनोद बैठा घाइते भएका छन् । गरुडाका गुप्तालाई थप उपचारका लागि वीरगञ्जतर्फ र विनोद बैठालाई पुरेनवास्थित आँखा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुर हेटौडा–४ की ४२ वर्षीया सुनिता केशरी र भारतको गमडिया, शिवहर तथा सितामढीका चार जना घाइते भएका छन् । भारतका घाइतेहरूमा देव नारायण बैठा, सुभम कुमार बैठा, ललन साह र लसिभ सहनी रहेका छन् । अन्य घाइतेहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए ।

चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको बस अनियन्त्रित भई सडकछेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो । बस चालक चन्द्रपुर नगरपालिका–८ बस्ने २४ वर्षीय रिजवान खानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Read more news from Sutra News

Explore by Source or Category