npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

स्वास्थ्य बीमाका लागि मन्त्रालयद्वारा २२ शीर्षकबाट ७५ करोडभन्दा बढी रकमान्तर

न्युज अफ नेपाल 14 hours ago

काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक संकटमा परेको स्वास्थ्य बीमा कार्यक्रम जोगाउन ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चालु आर्थिक वर्षका २२ शीर्षकबाट रकम कटौती गरी स्वास्थ्य बीमा बोर्डमा पठाइएको हो।

बीमा बोर्ड हाल सेवा प्रदायक अस्पताललाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र प्रत्येक महिना थप दायित्व बढ्दै गएको बताइएको छ। भुक्तानी रोकिएपछि केही अस्पतालले बीमा सेवा स्थगित गरेपछि मन्त्रालयले तत्काल रकम व्यवस्थापन गरेको जनाएको छ।

मन्त्रालयले आवश्यक परे अन्य मन्त्रालयबाट समेत रकमान्तर गर्ने पहल जारी राखेको छ।

Read more news from News of Nepal

Explore by Source or Category