npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

बंगलादेशमा क्रुर हिंसा

एजेन्सी 5 hours ago

बंगलादेश । धर्मद्रोहको अभियोगमा क्रुर र अमानवीय ढंगले हत्या गरिएका एक बंगलादेशी नागरिकले धर्मद्रोह गरेको कुनै पनि प्रमाण फेला नपरेको बंगलादेशी अधिकारीहरूले बताएका छन् ।

धर्मद्रोहको अभियोगमा युवाको क्रुर हत्या, घरभित्रै जलाइयो ७ वर्षीया बालिका

बंगलादेशमा फैलिएको हिंसात्मक अशान्तिका क्रममा मयमनसिंह जिल्लाको भालुका क्षेत्रमा एक हिन्दू युवक दिपुचन्द्र दासलाई भीडले निर्ममतापूर्वक हत्या गरेको थियो । एक जना जनेजी अभियन्ताको हत्यापछि अशान्त बनेको बंगलादेशमा अशान्तिकै बीच हिन्दू युवक दासलाई धर्मद्रोहको आरोपमा भीडले डोरीले बाँधेर कुटेर हत्या गरेको थियो ।

घटनाले विश्वलाई नै स्तब्ध बनाइरहेका बेला अधिकारीहरूले ती युवकले धार्मिक सद्भाव भड्काउने र कुभावना राख्ने कुनै टिप्पणी गरेको ठोस प्रमाण फेला नपरेको बताएका छन् ।

मृतक दास गार्मेन्ट कारखानामा कार्यरत मजदुर थिए । उनलाई धर्मद्रोहको आरोप लगाउँदै आक्रोशित भीडले डोरीले बाँधेर कुटपिट गरी हत्या गरेपछि शवमा आगो लगाएको थियो । हजारौं मानिसको उपस्थितिमा भएको यो घटना बंगलादेशमा बढ्दो भीडतन्त्र र कानुनी शासनको पतनको प्रतीक बनेको छ ।

मयमनसिंहस्थित -यापिड एक्सन बटालियन (-याब)का कम्पनी कमान्डर मोहम्मद सम्सुज्जामानले दिपुचन्द्र दासले फेसबुकमा धर्मविरोधी कुनै सामग्री लेखेको प्रमाण नभेटिएको बताएको द डेली स्टारले लेखेको छ । उनका अनुसार स्थानीय बासिन्दा वा गार्मेन्ट कारखानामा सँगै काम गर्ने सहकर्मीहरूले समेत दासले प्रत्यक्ष रूपमा धर्मविरोधी कुनै कुरा बोलेको देखेको वा सुनेको दाबी गर्न सकेका छैनन् ।

‘सबैले व्यक्तिगत रूपमा दासले त्यस्तो केही बोलेको सुनेको छैन भनिरहेका छन्, धर्मविरुद्ध चोट पुग्ने कुनै कुरा उनले भनेको वा लेखेको देखेको दाबी गर्ने कोही पनि फेला परेको छैन,’ उनले द डेली स्टारसँग भनेका छन् । दासको हत्या भएको भोलिपल्ट अर्थात् १९ डिसेम्बर मध्यरातमा बंगलादेशकै लक्ष्मीपुर सदरमा बीएनपी नेता बेलाल हुसैनको घरमा अज्ञात समूहले पेट्रोल खन्याएर आगजनी गर्दा घरभित्र थुनिएकी ७ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।

स्थानीयअनुसार आगजनीअघि घरको ढोका थुनिएको थियो । जसका कारण बालिका बाहिर निस्कन नसकेपछि जलेर मृत्यु भएको हो । घटनापछि मानवअधिकार संस्था कानुन तथा सालिस केन्द्रले यसलाई बालअधिकार र आधारभूत मानवीय मूल्यको गम्भीर उल्लंघन भन्दै कडा निन्दा गरेको छ । यस संस्थाका अनुसार सो घटना राजनीतिक हिंसासँग जोडिएको छ ।

The post बंगलादेशमा क्रुर हिंसा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category