npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

मालपोत कार्यालय रुपन्देहीका नायब सुब्बा दुई लाख घुस रकमसहित रंगेहात पक्राउ

देश सञ्चार 9 hours ago

काठमाडौँ- मालपोत कार्यालय रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट शुक्रबार पक्राउ गरेको हो।

खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले स्टिङ अपरेसन गरेको थियो।

उनको साथबाट आयोगको टोलीले सेवाग्राहीबाट लिएको रु दुई लाख र स्रोत नखुलेको रु तीन लाख ५० हजार पनि बरामद गरेको छ। साथै एक थान मोबाइल पनि बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Read more news from देशसञ्चार

Explore by Source or Category