npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना

क्लिकमान्डु 19 hours ago

काठमाडौं । नेपालका लागि फोर्थिङको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालि (लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी) ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी, फोर्थिङ फ्राइडेका लागि विशेष “एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे” अफर सार्वजनिक गरेको छ।

सीमित अवधिका लागि ल्याइएको यो योजनाले ग्राहकहरूलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

फोर्थिङ फ्राइडे ईभीको खरिदमा ग्राहकहरूले यो विशेष अफर अन्तर्गत रु ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्। यस अफरमा समावेश फाइदाहरू यस प्रकार छन्: एक्सचेन्ज बोनस: पुरानो गाडीको उचित मूल्याङ्कन र आकर्षक एक्सचेन्ज सुविधा।

नगद छुट: नयाँ गाडीको खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट।

अटो प्लस इन्स्योरेन्स: सुरक्षित यात्राको लागि भरपर्दो बीमा सुविधा।

सडक कर : स्वामित्व प्रक्रियालाई सहज बनाउन सडक करको व्यवस्था।

निःशुल्क स्पेयर टायर र एसी चार्जर: गाडीसँगै आवश्यक एक्सेसरीजहरू निःशुल्क उपलब्ध गराइने।

सप्राइज गिफ्ट्स: नयाँ गाडीको उत्साहलाई थप बढाउन उपहारहरू।

लक्ष्मी ई–मोबिलिटी प्रालिका अनुसार: “हाम्रो यो ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीको अनुभव गराउने एउटा विशेष निमन्त्रणा हो । ७ लाखसम्मको बचत र पूर्ण सपोर्ट प्याकेजमार्फत हामीले नेपालमा वातावरणमैत्री र प्रिमियम सवारीको प्रयोगलाई थप सहज बनाउने लक्ष्य राखेका छौं।”

फोर्थिङ चिनियाँ सरकारी स्वामित्वको प्रमुख अटोमोबाइल समूह डोङफेङ मोटर ग्रुप अन्तर्गत रहेको सहायक कम्पनी डोङफेङ लिउझोउ मोटर कम्पनी लिमिटेड द्वारा सञ्चालन गरिएको एक ख्यातिप्राप्त ब्रान्ड हो। लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो। कम्पनीले नेपाली बजारमा नवीन, वातावरणमैत्री र भविष्यका लागि तयार यातायातका साधनहरू उपलब्ध गराउँदै आएको छ।

Read more news from Clickmandu

Explore by Source or Category