npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

नेपालको मौसम मिश्रित: पहाडमा वर्षा, तराईमा बढ्दो गर्मी

न्युज अफ नेपाल 3 hours ago

काठमाडौं ।

नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मौसम मिश्रित बनेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यता तराई तथा भित्री मधेस क्षेत्रमा मौसम सामान्यतया सफा रहे पनि तापक्रम बढ्दै गएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने संकेत देखिएकाले जनजीवन प्रभावित हुन सक्ने मौसम विभागले जनाएको छ।

Read more news from News of Nepal

Explore by Source or Category