npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन गृहमन्त्रीको आह्वान

राजधानी समाचारदाता 22 hours ago

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइएकाले निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन मतदातालाई आह्वान गरेका छन् ।

बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वय आवश्यक रहेको बताए । बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीले सुरक्षाका प्रबन्ध’bout जानकारी दिएका थिए ।

बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफल भएको छ। भर्चुलअ बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, सात वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारी’bout जानकारी लिएका थिए ।

प्रदेश प्रमुख सचिव र प्रमुख जिल्ला अधिकारीले बैठकमा प्रस्तुतीकरण दिएका थिए ।

The post निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन गृहमन्त्रीको आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category