Sutra News
राष्ट्रपतिसँग देउवा, ओली र प्रचण्डबिच छलफल भइरहँदा प्रधानमन्त्री पुगिन्
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिरहेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेका हुन् ।
राष्ट्रपति पौडेल र प्रमुख तीन दलका शीर्ष नेताबिच देशको राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहँदा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी भएकी छन् ।