npl.977 Nepal News Stream

Nepali Link

बेलायतमा नेपाली विद्यार्थीले भोग्नु परिरहेका समस्याबारे छलफल गर्न वेबिनार

Nabin Pokharel 9 hours ago


लन्डन – युकेमा स्थापना गरिएको संस्था ब्रिज नेपालले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुले भोग्नु परिरहेका समस्याबारे छलफल गर्न एक वेबिनार आयोजना गर्न लागेको छ।

यही शनिबार (२१ फेब्रुअरी, युके समय बिहान ११ बजे) आयोजना गरिने उक्त वेबिनारमा विभिन्न क्षेत्रका विज्ञहरुले प्रस्तुति दिने छन्।

खासगरी नेपाली विद्यार्थीहरुले पर्याप्त जानकारी विना ब्रिटिश विश्वविद्यालयहरुमा भर्ना लिने, ट्युशन फी, खाने बस्ने खर्चको समयमै जोहो गर्न नसक्ने, काम तथा डेराको समस्या र अध्यागमन सम्बन्धी नियमहरुबारे जानकारी अभाव सम्बन्धमा पनि वेबिनारमा छलफल गरिने ब्रिज नेपालका निर्देशक डा जगन कार्कीले बताए।

वेबिनारमा बेलायतका लागि नेपाली राजदूत बिपिन दुवाडीले प्रमुख वक्ताको रुपमा आफ्नो मन्तव्य दिने छन् भने मर्जिङ नेपसक्सका अध्यक्ष पवन कडेल तथा बिज एडुकेशनका निर्देशक हरि कार्कीले प्रस्तुति दिने छन्।

यसैगरी एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले ब्रिटिश अध्यागमन कानुनले अन्तरराष्ट्रिय विद्यार्थीहरुमा परेको असरबारे जानकारी दिने छन्।

यसअघि बेलायतस्थित नेपाली दूतावासले पनि सबै सरोकारवालाहरुलाई बोलाएर नेपाली विद्यार्थीका समस्या तथा समाधानका उपायबारे अन्तरक्रिया गरेको थियो।

Read more news from Nepali Link

Explore by Source or Category