npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

एनटोरक १२५ ले १.५ लाख प्रयोगकर्ता पार, देशभर ‘१५०के सेलिब्रेसन’

न्युज अफ नेपाल 10 hours ago

काठमाडौँ
टिभिएस एटीओआरक्यु १२५ले नेपालमा १ लाख ५० हजार प्रयोगकर्ता पार गर्दै दुई–पाङ्ग्रे बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस सफलतासँगै एनटोरक १२५ नेपालका सबैभन्दा लोकप्रिय प्रदर्शन–केन्द्रित स्कुटरमध्ये एकका रूपमा अझ मजबुत बनेको छ ।

उपलब्धि मनाउन जगदम्बा मोटर्स (शंकर समूहअन्तर्गत)ले देशभरका अधिकृत टिभिएस सोरुममा ‘१५०के सेलिब्रेसन’ आयोजना गर्यो । कार्यक्रममा ग्राहक, राइडर समुदाय, डिलर तथा स्कुटरप्रेमीको सक्रिय सहभागिता रहेको थियो । यो उत्सव एनटोरक समुदायको विश्वास र साथप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले गरिएको कम्पनीले जनाएको छ ।

१.५ लाख बिक्री अंक केवल संख्या मात्र नभई नेपाली सडकमा १.५ लाख एनटोरक स्कुटर गुडिरहेको विश्वासको प्रतीक भएको कम्पनीको भनाइ छ । यस उपलब्धिपछाडि ग्राहकको भरोसा, देशव्यापी डिलर सञ्जालको प्रतिबद्धता तथा बिक्री, सेवा, स्पेयर पाट्र्स, मार्केटिङ र लजिस्टिक्स टोलीको संयुक्त मेहनत रहेको उल्लेख गरिएको छ ।

लन्चदेखि नै एनटोरक १२५ ले रेसिङ–प्रेरित डिजाइन, दमदार पर्फर्मेन्स र स्मार्ट कनेक्टेड विशेषतामार्फत नेपालमा प्रदर्शन स्कुटरको परिभाषा नयाँ बनाउँदै आएको छ । विशेषगरी युवा वर्ग र सहरी यात्रुबीच यो प्रमुख रोजाइ बन्दै आएको छ ।

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले १.५ लाख राइडरको माइलस्टोन बिक्री उपलब्धिमात्र नभई नेपाली राइडरको विश्वास र देशव्यापी डिलर तथा सेवा सञ्जालको समर्पणको प्रतिफल भएको बताउनुभयो । उनले एनटोरक समुदाय निर्माणमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई–पाङ्ग्रे सवारीसाधनको अधिकृत वितरक हो । कम्पनीले नवीनतम मोबिलिटी समाधान, उत्कृष्ट सेवा समर्थन र राइडर–केन्द्रित अनुभवमार्फत देशभर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Read more news from News of Nepal

Explore by Source or Category